site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले भने– पूर्वराजाका नाममा गरिएको अराजकता निन्दनीय 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा गरिएको अराजकता निन्दनीय भएको बताएका छन् ।

नेपाली लेखक संघको अधिवेशन उद्घाटनका लागि लुम्बिनी पुगेका सभापति देउवाले राजनीतिक आन्दोलनमा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने काम स्वीकार्य नहुने बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक दायरामा नबसेको भन्दै उनका समर्थकहरू पनि नैतिक र कानुनी सीमाभित्र नबसेको बताए ।

“तीनकुनेमा अराजकता देखाउनेहरूलाई राजनीतिक मान्न सकिँदैन ।  त्यस्ता अराजक गतिविधि आपराधिक क्रियाकलाप हुन्,” देउवाले भने, “पूर्वराजा ज्ञानेन्द्र शाह हिजो संवैधानिक दायरामा बसेनन्, बस्न चाहेनन् र राजतन्त्र गएको हो । अब यस्ता अराजकताबाट राजतन्त्र फर्किँदैन । बरु थप औचित्यहीन हुन्छ ।” 

देउवाले नागरिकमा असन्तुष्टि भए यही संविधान र व्यवस्थाभित्रबाट खोज्न सकिने तर योभन्दा खराब व्यवस्थाका पक्षमा नागरिक लाग्न नसक्ने बताए । 

राम्रो व्यवस्था सुधारका लागि खराब व्यवस्थाको खोजी गर्न नहुने देउवाको धारणा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro