राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
शुक्रबार राजावादी समूहको प्रदर्शनले हिंसात्मक रूप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।
छलफलमा प्रहरी प्रमुख आईजीपी दिपक थापा, सशस्त्र प्रमुख राजु अर्याल, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रमुख अशोक सिग्देल सहभागी थिए ।
त्यसक्रममा उनीहरूले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ २३:२२
प्रतिक्रिया दिनुहोस्