site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान त्रुटिपूर्ण छ, पुनर्लेखन गर्नुपर्छ : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटिपूर्ण रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस–कम्युनिस्टहरूको व्यवस्था र संविधानप्रति  प्रतिबद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको उल्लेख गरे । आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? भन्दै प्रश्न गरे । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।

"कांग्रेस–कम्युनिस्टहरूको प्रतिबद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैँ ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? अर्को, यो संविधान नै त्रुटिपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनर्लेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहनाहरू र आवश्यकताहरू पूरा गरे मात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरूलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन," उनले भने ।

संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भए पनि राज्यका निकायहरूमा एउटै जाताजातिको हालीमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro