site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठक : तीनकुने घटनाका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेमा भएको घटनाप्रति घोर भर्त्सना भएको जनाएको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानिसको ज्यान जानेगरी भएको लुटपाट, आगजनी, तोडफोड भएको घटनाप्रति भर्त्सना भएको जनाएका छन् ।

मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको उनले बताए ।

साथै, सो क्रममा घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।   

शुक्रबारको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro