site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भक्तपुर महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिने

काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ भन्ने नारासहित नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यही चैत २८ देखि २०८२ वैशाख ७ गतेसम्म महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । नवौँ भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुने बताइएको छ ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरू, भाडाकुडाको साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरू हुने अध्यक्ष महतले बताए ।

मेलामा बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro