site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन

काठमाडौं । लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।

आइतबार बेलुका सिनामंगलस्थित केएमसी अस्पतालमा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनमा सोमबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको पत्रकार किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

Argakhachi Cement Island Ad

उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एक मात्र कम्युनिष्ट थिए ।

उनले कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्षे कार्यकाल सम्हालेका थिए ।

उनी आफ्नै बुवा मातृकाप्रसाद प्रधानमन्त्री भएकै बेला १८ वर्षको उमेरमा सडक आन्दोलनबाट समातिएका कमलप्रसाद कोइराला कांग्रेसस सभापति तथा आफ्नै काका गिरिजाप्रसादले गराएको ०५१ को मध्यावधि निर्वाचनमा मोरङबाट प्रतिनिधिसभा सदस्यसमेत भएका थिए । 

महाकाली सन्धिपछि नेकपा (एमाले)मा आएको विवादबीच निरन्तर कम्युनिष्ट क्रान्तिकारि र राष्ट्रवादी धारमा उभिए । 

नेकपा माले र नेकपा मार्क्सवादी एकतापश्चात एमाले केन्द्रीय कमिटीको सदस्य रहेका कोइराला पछि सल्लाहकार समितिको सभापति, प्रतिनिधिसभामा राज्यव्यवस्था समितिको सभापति र दक्षिण कोरियाका निम्ति राजदूत पनि भए । 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्