site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारविरुद्ध यस्तो छ कुलमानको रिट, हितेन्द्रसहित को को भए विपक्षी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

रिटमा घिसिङले आफू खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट ठहर भइ चार वर्षका लागि नियुक्त भएर पाएको सफलताका आधारमा पुनर्नियुक्ति लिएको उल्लेख गरेका छन् । आफूले कहालीलाग्दो लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा आशा जगाएको पनि उल्लेख गरेका छन् ।

०७३ कात्तिकदेखि काठमाडौं उपत्यका र ०७५ जेठदेखि देशभर लोडसेडिङ अन्त्य गरेकै कारण अवकाशको ११ महिनापछि ०७८ साउन २५ मा नियुक्त भएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो कार्यकाल अझै पाँचमहिना बढी बाँकी भएको भन्दै मन्त्रिपरिषद्को बर्खास्त गर्ने निर्णय, हितेन्द्रदेवलाई नियुक्त गर्ने निर्णय र आफूलाई दिएको अवकाशको पत्र पनि बदर गर्न माग गरेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro