site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा २५ सय प्रहरी खटाउने तयारी

काठमाडौं । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । भोलि (चैत १५ गते) हुने प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

“भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार छ । प्रदर्शनकारीको ‘सिन’ हेरेर आवश्यकताअनुसार थप पनि हुन सक्छ । त्यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई छ,” उनले भने ।

त्यस्तै, ट्राफिक प्रहरीतर्फ एक हजार ८०० जना आलोपालो तैनाथ हुँदै छन् ।

गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनको आन्दोलत गर्ने तय भएको छ । आन्दोलनका कारण बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध ११ बजेदेखि प्रदर्शन गर्दै छन् । उतका दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले काठमाडौंको तीनकुनेमा १ बजेदेखि कार्यक्रम गर्दै छ । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro