site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडाका प्रधानमन्त्रीमाथि लाग्यो बौद्धिक चोरीको आरोप

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीमाथि बौद्धिक चोरी (प्लेजियरिज्म)को आरोप लागेको छ । प्रधानमन्त्री कार्नीलाई सन् १९९५ मा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने क्रममा आफ्नो शोधपत्र (थेसिस) “द डाइनामिक एड्भान्टेज अफ कम्पिटिसन”को केही अंश आधिकारिक लेखकलाई उद्वरण नगरी प्रयोग गरेको आरोप लागेको हो ।

समाचारपत्र “द नेसनल पोस्ट”लाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने इन्डिपिन्डेन्ट पत्रिकाले जनाएअनुसार प्रधानमन्त्री कार्नीको डक्टरेट शोधपत्र मूल्यांकन गर्न तीनजना विज्ञ व्यक्ति छानिएको र तीनैजनाले यसमा बौद्धिक चोरी गरेको आरोप लगाएका छन् ।

तीनै विद्वानहरूले १० वटा सम्भावित बौद्धिक चोरीका घटनाहरू पहिचान गरेको बताइएको छ । तीमध्ये एक ज्योफ्री सिगालेटका अनुसार, प्रधानमन्त्री कार्नीले आफ्नो ३०० पृष्ठको शोधपत्रमा अनुचित रूपमा अरूको काम प्रयोग गरेको महसुस गरको बताएका छन् । अन्य दुई विद्वानहरूमध्ये एकले पनि सिगालेटको विचारसँग सहमति जनाए । तर, प्रधानमन्त्री कार्नीले मुद्दा हाल्न सक्ने डरले आफ्नो नाम उल्लेख गर्न चाहेनन् ।

प्रधानमन्त्री कार्नीमाथि लागेको बौद्धिक चोरी (प्लेजियरिज्म)को आरोपबारे कार्नीका त्यतिबेलाका शोध सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजकी अर्थशास्त्री मार्गरेट मेयरले उनको कामको बचाउ गरेकी इन्डिपिन्डेन्ट पत्रिकाले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro