site stats
बाह्रखरी :: Baahrakhari
देश
मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले गरे तालाबन्दी, इदमा बिदा दिन माग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व इदमा बिदा दिनुपर्ने माग राखेर उनीहरूले तालाबन्दी गरेका हुन् ।

इदको दिन सोमबार पनि परीक्षा राखेपछि विद्यार्थी आन्दोलित भएका हुन् । परीक्षाका कारण मुस्लिम समुदायका विद्यार्थीलाई असर गर्ने उनीहरूको भनाइ छ । उनीहरूले परीक्षा तालिका फेरबदल गरिदिन माग गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, नै विद्यार्थीले परीक्षातालिका फेर्न विश्वविद्यालयको ध्यानाकर्षण गराएका थिए । तर, पूर्वनिर्धारित परीक्षाका कार्यक्रम फेर्न विश्वविद्यालय तयार नभएपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले प्रशासनिक भवनमा ताला लगाएका छन् ।‌

विश्वविद्यालयका प्रशासन प्रमुख सुजन भुर्तेलले ओभरसियरतर्फको स्नातक तेस्रो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको जानकारी दिए । गृह मन्त्रालयले अहिलेसम्म इद पर्वको दिन सार्वजनिक विदा घोषणा नगरेकाले अन्योल बढेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्