site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादी आन्दोलनका मृतकको अझै भएन पोष्टमार्टम, क्षतिपूर्तिदेखि सहिद घोषणाको माग

काठमाडौं । तीनकुनेको हिंसात्मक राजावादी आन्दोलनमा ज्यान गुमाएका दुवैजनाको शव हालसम्म उठेको छैन । मृतकका परिवारले सरकारसमक्ष राखेका माग पूरा नभएसम्म शव नउठाउने अडान लिएको हो ।

कीर्तिपुर नगरपालिका–४, गाम्चामा बस्ने २९ वर्षीय सविन महर्जन र एभिन्युजका पत्रकार सुरेश रजकको निधन भएको थियो । सविन गोली लागेर निधन भएको थियो । उनी एक सामान्य यातायात मजदुर थिए । उनी काठमाडौं–हेटौँडा रुटमा सुमो चलाउँथे । आन्दोलनमा गम्भीर घाइते भएका सविनलाई टिचिङ अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, रजकले प्रदर्शनकारीको आगजनीमा परी घटनास्थलमै ज्यान गुमाएका थिए ।

टिचिङ अस्पताल फरेन्सिक मेडिसिन विभागका एक चिकित्सकले पोष्टमार्टम नभएको पुष्टि गरे । “शुत्रबारको आन्दोलनका मृतक कसैको पनि पोष्टमार्टम भएको छैन,” उनले भने ।

आर्थिक क्षतिपूर्ति र सहिद घोषणा गर्नुपर्ने तथा दोषीलाई कारबाहीको माग गर्दै परिवारले शव उठाउन नमानेको हो ।

शनिबार गृहमन्त्री रमेश लेखक एभिन्युज टीभीको कार्यालयमा पुगेका थिए । सोही क्रममा रजकका परिवारले तीनवटा माग अघि सारेका थिए । पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

मृतक रजकका दाई सुरेश रजकले सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्टमार्टम नभएको बताएका छन । “तीनकुने घटनामा मृत्यु भएका सुरेश रजकको दाइ म । मेरो भाइको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको सबै माझ जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन् ।

सरकारसमक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रतिक्रिया अघि नबढाउने परिवारले बताएको छ । परिवारलाई ५० लाख क्षतिपूर्ति दिइनुपर्ने, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro