site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासलको पहिलो जित

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबले श्री कुमारी क्लबलाई हराउँदै पहिलो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा श्री कुमारीलाई २–१ ले हराउँदै च्यासलले पहिलो जित निकालेको हो ।

च्यासलकाे जितमा अनिल बोम्जन र अस्मिन घोडासैनीले गोल गरेका थिए । श्री कुमारीका यमन श्रेष्ठले एक गोल फर्काएका थिए ।

५६औँ मिनेटमा अनिल बोम्जनले गोल गर्दै टोलीका निम्ति पहिलो गोल गरे । उनले १८ यार्ड बक्सभित्र श्री कुमारीका गोलकिपर रोशन खड्कालाई छेक्ने मोका नदिइकन सुन्दर गोल गरे ।

७०औँ मिनेटमा अस्मिन घोरासैनीले अग्रतालाई दोबर बनाए । उनले केही मिनेटअघि मात्रै मैदान प्रवेश गरेका कमल थिङको कर्नर क्रसमा १८ यार्ड बक्सभित्र दोस्रो बार च्याप्दै हेडिङ गोल गरे ।

इन्जुरी समयमा श्री कुमारीका लागि यमन महर्जनले गोल गरे । उनले बाँया साइडबाट विनोद धमलाले दिएको क्रसमा खेडर गोल गर्दै गोल गरे ।

त्यसअघि ८०औँ मिनेटमा श्री कुमारीका दाबा थिङ गोल गर्नबाट चुके । उनले १८ यार्ड बक्स नजिकैबाट गरेको प्रहार केही इन्चले पोष्टको बाँया साइड हुँदै बाहिरिएको थियो ।

३५औँ मिनेटमा अनुप अधिकारी र ४७औँ मिनेटमा श्री कुमारीका रिजन राणा मगरले पहेलो कार्ड पाए ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका च्यासलका अनिल बोम्जन म्यान अफ दि म्याच घोषित भए । उनले सात हजार पाँच सय रुपैयाँ र ट्रफी प्राप्त गरे ।

जितसँगै तीन अंक बनाउँदै च्यासल अंक तालिकाको आठौँ स्थानमा उक्लेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro