site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजापट्टीबाट दक्षिणी इजरायलमा दुई रकेट प्रहार

जेरुसेलम । इजरायल रक्षा बल (आइडीएफ)ले बुधबार बिहान गाजापट्टीबाट दक्षिणी इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ ।

रकेटहरूले गाजापट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे)को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृंखला’ प्रहार गरेको बताएको छ । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro