site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमब्याक गर्दै सुशांक मैनाली 

काठमाडौं । अभिनेता सुशांक मैनाली चलचित्रमा कमब्याक गर्ने भएका छन् । चलचित्र ‘जनै हराएको बाहुन’मार्फत उनले कमब्याक गर्ने भएका हुन् । 

मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको निर्माणपक्षले जनाएको छ । 

उनले ‘साँघुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत चलचित्रमा काम गरेका थिए । लामो समय अमेरिका बसेका उनी अहिले ‘भूठान’को प्रचारमा छन् । उनी ‘भूठान’का निर्मातामध्ये एक हुन् । 

सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् ।

चलचित्र ‘जनै हराएको बाहुन’ चैतको अन्त्यबाट छायांकनमा जाने तयारीमा छ ।  

चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भएको थियो । जसमा आमा र छोराबीचको इमोस्नल कथा छ छ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्ने संकेत गरेको छ । 

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत–३’ अभिनेता मनिष राउत छन् ।

चलचित्रको मुख्य भूमिकामा विजय बराल, केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ । 

हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुनेछ । 

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।   
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro