site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प प्रभावित म्यानमारको एउटा आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशंका
तस्बिर : एएफपी ।

मान्डले (म्यानमार) । मध्य म्यानमारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एउटा अपार्टमेन्टको भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुन सक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताएका छन् ।

शुक्रबार (मार्च २८) गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो । उक्त भवनको भग्नावशेषबाट नौ शव र ४४ जनालाई जीवितै निकालिएको घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई जानकारी गराएका छन् ।

ती अधिकारीले भने, “९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा संकलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यको खोजी गरिरहेका छन् र हामीले सूचना संकलन गरिरहेका छौँ ।”

भूकम्पका कारण म्यानमारमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ ।

यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो । १७ लाखभन्दा बढी जनसंख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।

भूकम्पबाट भत्किएको स्काई भिल्लाका १२ मध्ये ६ तला मात्र दखिएको छ । 

भूकम्पबाट सडक तथा पुल भत्किएकाले भग्नावशेष हटाउन आवश्यक साधन लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीयस्तरमा उपलब्ध डोजर र स्काभेटरको सहायतामा विशेषज्ञको सहयोगमा काम गरिँदै छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro