देश

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
उनका अनुसार, प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । “प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो, बानेश्वरमै राखिएको छ,” उनले भने ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका गौतम अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १३:१९
प्रतिक्रिया दिनुहोस्