site stats
बाह्रखरी :: Baahrakhari
देश
चिडियाखानाभित्रबाट दुर्लभ रेडपान्डा चोरी प्रयास

काठमाडौं । सदर चिडियाखानाभित्र राखिएको दुर्लभ रेडपान्डा चोरी गर्ने प्रयास भएको खुलेको छ । ललितपुरस्थित सदर चिडियाखानाबाट मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको हो ।

चिडियाखानाले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा चोरी गर्न खोजिएको देखिएको हो । 

चिडियाखानाकै एक घरभित्र राखिएको रेडपान्डा चोरी गर्न दुईजना युवा घरभित्र पस्न खोजेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनीहरू कसरी चिडियाखानाभित्र पुगे र को हुन् भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्