site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट प्युठानका थापालाई अध्यक्षमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

बोर्डमा २०८१ भदौदेखि अध्यक्ष पद रिक्त थियो । यसअघिका अध्यक्ष डा. गुणराज लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामा दिएका थिए । 

उनलाई मंगलबार नै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

थापाको नियुक्तिपछि मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरे । "तपाईंको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु," मन्त्री पौडेलले भने ।

नवनियुक्त अध्यक्ष थापा यसअघि बोर्डको सदस्य रहिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro