site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसी कार्यान्वयनमा नयाँ ‘सर्च कमिटी’ गठन हुने

काठमाडौं । संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का निम्ति नयाँ सिफारिस समिति गठन गर्ने समझदारी भएको छ । 

यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि अर्को ‘सर्च कमिटी’ सिफारिसको समझदारी बनेको प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“संक्रमणकालीन न्याय निरुपणका लागि दुवै पक्षका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गर्नुभएको छ,” खरेलले भने, “संक्रमणकालीन न्याय निरुपणका लागि गठन हुने सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन गर्ने समझदारी भएको छ ।” 

उनले सर्च कमिटीका विषयमा निर्णय गर्ने अधिकार सरकारको भएकाले अबको केही दिनमा सर्च कमिटी गठन हुने जानकारी दिए । विगतको कमिटी असफल भइसकेकाले नयाँ सर्च कमिटी गठन हुने उनको भनाइ थियो । 

विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटित भएको थियो । उक्त सर्च कमिटीले म्याद सकिँदासम्म पनि आयोगका पदाधिकारी सिफारिस गर्न नसकेको हो । 

शीर्ष नेताहरूबीच के भयो सहमति ?

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्