site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाराहीघाटमा नहुने भयो कोटिहोम, विरौटामा हुने
Tiktok banner adTiktok banner ad

पोखरा । करिब दुई दर्जन घाइते हुनेगरी झडप भएको कोटिहोम विषयको विवादको अन्त्य भएको छ । गत फागुन २३ गते बाराहीघाटमा भूमिपुजन चलिरहँदा महानगरका नगरप्रहरी र आयोजकबीच झडप भएको थियो । त्यसपछि आयोजक मानवसेवा फाउन्डेसन, पोखरा महानगर, सुरक्षा निकाय र जिल्ला प्रशासनबीच छलफल भयो ।

फागुन २६ गतेको उक्त बैठकले कोटिहोम सञ्चालन गर्न दिने तर स्थानको विषय पछि टुंग्याउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

महानगरबाट दुई, प्रशासनबाट एक र आयोजकका तर्फबाट दुई गरी पाँच सदस्यीय समितिले बाराहीघाटमा नहुने, विरौटामा गर्ने निर्णय गरेको हो । उक्त समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका–६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका–१७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति)को स्वामित्वमा रहेको जमिन तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।

पोखरा–१७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका–१७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात हाल कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

आइतबार महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीसामु महायज्ञस्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानीय संघसस्थाका प्रतिनिधिले कोटिहोम सफल बनाउनका लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।

कोटिहोमका लागि भन्दै आयोजक संस्थाले पोखराका विभिन्न स्थानका चौतारी मुठुर्‍याएपछि पोखरा महानगरपालिकाले उक्त संस्थालाई कारबाही गर्ने बताएको थियो । यो विषय अदालतमा समेत पुगिसकेको छ । महानगर र आयोजक संस्थाबीच समझदारी भए पनि मुद्दामा मिलापत्र भने भइसकेको छैन ।

मानव सेवा फाउन्डेसनको आयोजनामा हुने कोटिहोम पोखरा–१७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानीयहरूको जमिनमा २०८१ चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro