site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।

आइतबार देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले ४५.१ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो ।

कोसीका सकिब हकले सर्वाधिक ६२ रन बनाए । कप्तान अंकित सुवेदी र समिर कार्कीले समान ३८ रन थपे । आइश भट्टराईले ३६ रन जोडे । दिपेश कँडेलले १४ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका सूर्य श्रेष्ठले तीन विकेट लिए । भोजराज भट्टले दुई विकेट लिँदा शेर मल्ल, नारायण जोशीले र राहुल भण्डारीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिममले निर्धारित ५० ओभरमा २४२ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका किरण ठगुन्नाले सर्वाधिक ११५ रन बनाए । उनले ९१ बलमा १२ चौका र चार छक्का प्रहार गरे ।

अर्जुन विकले १५ रन बनाए । कप्तान नारायाण जोशी र शेर मल्लले समान १४ रन जोड्दा सूर्य श्रेष्ठले १० रन बनाए ।

बलिङतर्फ कोसीका ज्ञानेन्द्र श्रेष्ठ सार्वधिक चार विकेट लिए ।

फिर्दोस अन्सारी र अनिकेत सुवेदीले समान दुई विकेट लिँदा दिपेश खनाल र प्रकाश कार्कीले समान एक–एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम ६ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा उक्लेको छ । प्रतियोगितामा सातौँ हार व्यहोरेको कोसी दुई अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro