site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ५४ अंकले घटेर २६१४ विन्दुमा

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (चैत १०) ५४.६२ अंकले घटेको छ । नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो ।

यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ । २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ ।

६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro