site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७औँ धर्मश्रीको उपाधि उमेश राईलाई

काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले १७औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार (चैत ९) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगिताको ओभरलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि रक्षा गरेका हुन् ।

उपाधिसँगै उनले नगद १२ लाख रुपैयाँ, ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाणपत्र, चीन घुम्ने अवसर र अरू उपहार प्राप्त गरे । उनी प्रतियोगिताको १६औँ संस्करणका पनि विजेता हुन् ।

उपविजेता बनेका धिमालले नगद ६ लाख रुपैयाँ पाए । तेस्रो भएका दाङका माधव सुवेदीले नगद तीन लाख प्राप्त गरे ।

धर्मश्रीमा दुईपटक उपाधि चुम्ने राई तेस्रो खेलाडी हुन् । नरेश महर्जन र सानु गुरुङले यसअघि दुईपल्ट उपाधि जितेका थिए ।

६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रत्येक तौल समूहका विजेताले अन्तिम चरणमा धर्मश्रीको उपाधिका निम्ति प्रतिस्पर्धा गरेका थिए । नेपाल ब्यायाम मन्दिरले प्रतियोगिता आयोजना गरेको हो ।

यस्तै, महिला बडी बिल्डिङ खुलातर्फ भक्तपुर डिस्पिराडोकी तारा खाइजु विजयी भइन् । कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे उपविजेता र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ तेस्रो भइन् । उनीहरूले क्रमशः दुई लाख, एक लाख र ७० हजार रुपैयाँ पुरस्कार पाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro