site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएल उद्घाटन खेलमा आरसीबीको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

शनिबार इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको १७५ रनको लक्ष्य आरसीबीले १६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । आरसीबीको जितमा विराट कोहलीले ५९ रन बनाए । उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

यस्तै, फिल साल्टले ३१ बलमा नौ चौका र दुई छक्कासहित ५६ रन बनाए । कप्तान रजित पटिदरले ३४, लियम लिभिङस्टोनले १५ र देवदत्त पडिकलले १० रन जोडे ।

कोलकाताका वैभव अरोरा, वरुण चक्रवर्ती र सुनील नारिनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकाताका कप्तान अजिक्या राहानेले ५६ रन बनाए । सुनील नारिनले ४४, अगंक्रिस रघुवंशीले ३० र रिंकु सिंहले १० रन जोडे ।

शीर्षक्रमबाट उत्कृष्ट सुरुआत भए पनि मध्यक्रम नचल्दा कोलकाता विशाल लक्ष्यसम्म पुग्न सकेन ।

आरसीबीका क्रुनल पाण्डेले तीन विकेट लिए । जस हेजलवुडले दुई, यस दयाल, राशिख आलम र सुयास शर्माले समान एक विकेट लिए ।

आज दुई खेल
प्रतियोगितामा आइतबार (मार्च २३) दुई खेल हुने तालिका छ । आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro