साहित्य

काठमाडौं । साहित्यिक कर्ममा क्रियाशील सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रमको आयोजन गर्दै विश्व कविता दिवस मनाएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कविहरू विमल भौकाजी, छविरमण सिलवाल, हरिश कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा के.सी, प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले आफ्ना कविता सुनाए ।
वाचन गरिएका काव्य रचनाहरू समसामयिक विकृति विसंगतिमाथि तिखो व्यङ्ग्यका साथै प्रेम, सद्भाव र विविध भावनाबाट लेखिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने चिज सबै कविता नभएको बताए । प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाका गतिविधिबारे जानकारी गराए ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ २१:२०
प्रतिक्रिया दिनुहोस्