site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बिमासम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवं अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । 

नेपाल बिमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपन्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले भेटमा नेपाल र भुटानको बिमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पुँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बिमासम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको हो ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष ओझाले नेपालले बिमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिँदै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । 

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बिमा क्षेत्रलाई नयाँ उचाइ दिनका लागि असल अभ्यास आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए ।

भुटानको बिमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बिमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बिमा सम्बन्धमा हासिल गरेका ज्ञान एवं अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए । 

डेपुटी गभर्नर छोदेनले बिमा क्षेत्रको समग्र विकासका लागि नेपाल बिमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro