site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहराइनलाई हराए जापान फिफा विश्वकप–२०२६ मा छनोट हुने पहिलो टिम बन्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिफा विश्वकप–२०२६ को एसिया छनोटमा आज जापानले बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा जित निकाले जापान विश्वकप–२०२६ मा छनोट हुने पहिलो टोली बन्नेछ । 

एएफसी एसियन क्वालिफायरको समूह ‘सी’मा जापान १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । जापानले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । 

तालिकाको पाँचौँ स्थानमा रहेको बहराइनले भने ६ खेलमा एक जित, तीन बराबरी र दुई हारसहित ६ अंक जोडेको छ ।

यी दुई टिमबीचको खेल जापानकै साइतामा रंगशालामा हुने तालिका छ । यो खेल नेपाली समयानुसार दिउँसो ४ः२० बजेदेखि सुरु हुनेछ ।

सन् २०२६ को विश्वकप आयोजना अधिकार मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशले पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro