site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल १४ स्वर्णसहित शीर्ष स्थानमा

धनगढी ।  धनगढीमा जारी आठौं अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल १४ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेका छन् । कुल  ४२ स्वर्ण पदकका लागि धनगढीमा भईरहेको प्रतिस्पर्धामा २३ स्वर्णको छिनोफानो हुँदा नेपालले १४ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको हो ।

प्रतियोगितामा भारत ४ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहेको छ भने भुटान ३ स्वर्ण सहित तेस्रो स्थानमा रहेको छ । पाकिस्तान र वङगलादेशले एक एक स्वर्ण पदक जित्दा पाकिस्तान भने स्वर्ण पदक विहीन भएको छ ।

सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डोसंघको आयोजनामा भईरहेको प्रतियोगितामा घरेलु टोलीकी बर्षा साउदले ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छन् । सो प्रतिस्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र श्रीलंकाका डब्लु आर डी मधुसानीले काश्य पदक जितिन् ।

प्रतियोगितामा ६ देखि ८ वर्ष उमेर समुहको स्याडेट प्रतिस्पर्धामा धनगढीकै प्रदिप बैजली मगर पहिलो तथा खडक थामी मगर दोश्रो भए । श्रीलंकाका जिडिडिएम सुनारत्ने तेश्रो भए । ५५ किलो तौल समुहमा एपीएफका सुजन श्रेष्ठ पहिलो तथा चक्रमान प्रधान दोश्रो भए । धनगढीका पुष्प न्यौपाने र भारतका सोनु कुँवरले काश्य पदक जिते ।

६८ किलो तौल समुहमा पनि एपीएफकी सरिता श्रेष्ठ पहिलो भइन् । ६८ किलो भन्दा माथिको तौल समुहमा एपीएफकी लक्ष्मी भट्ट पहिलो तथा सरिता लामा दोश्रो भईन् ।

भारतकी सिमा रहांगडालेले काश्य पदक जितिन् । ५५ किलो तौल समुहमा एपीएफकी मनिषा चौधरीले स्वर्ण, भारतकी कमल प्रीत कौरले रजत तथा भारतकै आरस प्रीत कौरले काश्य पदक जितिन् ।

प्रतियोगिता अन्तर्गत कुमुते तर्फ प्रथम हुनेले ५१ हजार नगद पाउने छन् । यस्तै दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनले २१  हजार पाउने आयोजकले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro