site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप : कर्णालीकाे दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । 

रूपन्देहीको एक्स्ट्रा टेक ओभलमा मंगलबार भएको खेलमा कोसी प्रदेशलाई १२७ रनले पराजित गर्दै कर्णालीले दोस्रो जित निकालेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोसी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । 

कोसीका लागि चिराग साहले सर्वाधिक २५ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले नट आउट रहँदै सर्वाधिक ८८ रन जोडेका थिए । 

त्यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्‍यो । वाग्मतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा अल आउट भयो ।  गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ६९ रन जोडेका थिए । जितसँगै वाग्मती ५ खेलमा ४ अंक जोडेको छ भने गण्डकीको ५ खेलमा २ अंक रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro