site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरका यी स्थानमा दुई महिनासम्म जुलुस, सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सोमबार (चैत ४)देखि दुई महिनासम्म लागु हुने गरी निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेका हुन् ।

आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको उल्लेख छ ।

सूचना अनुसार, पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र पूर्वतर्फ इनारमोट जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय विकास बोर्ड क्षेत्रमा सभा प्रदर्शन गर्न पाइने छैन ।

Argakhachi Cement Island Ad

त्यस्तै, भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र पूर्वमा भैँसेपाटीबाट बुंमती जाने सडक, पश्चिमतर्फ सीजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट, दक्षिण्तर्फ इटनी जाने ओहलो सीमा क्षेत्रमा यस्ता गतिविधि गर्न पाइने छैन ।

प्रशासनको आदेश अवज्ञा गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

पछिल्लो समय राजावादीका गतिविधि बढ्न थालेसँगै सुरक्षा निकायले थप सजगता अपनाउन थालेका छन् । यसअघि, फागुन २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि फागुन २५ देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेको थियो ।

 

Lalitpur1-1742126532.jpg

Lalitpur2-1742126532.jpg

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्