site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा वडाध्यक्षमाथि आक्रमण प्रयास

पोखरा । सार्वजनिक जग्गा संरक्षणका लागि नगरप्रहरीसहित पुगेका वडाध्यक्षमाथि आक्रमण प्रयास भएको छ । शनिबार पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भुपेन्द्र गिरीले आक्रमण प्रयास गरेका हुन् ।

गिरीले पोखरा–२१ स्थित बाँझीचौरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्न थालेका थिए । त्यसलाई रोक्न बारम्बार मौखिक आग्रह गर्दा पनि उनले टेरेनन् । पोखरी रहेको उक्त जग्गामा गिरीले एउटा ट्रस्ट बनाउन लागेका थिए । त्यसपछि एक साता अघिदेखि संरचना नबनाउन भनिएको थियो । गिरीले नबनाउने पनि भनेका थिए । तर, रातिको समयमा संरचना बनाउन थालेपछि शनिबार नगर प्रहरी, वडाका प्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारी लिएर वडाध्यक्ष सुवेदी उक्त संरचना हटाउन पुगे ।

त्यस क्रममा गिरीले वडाध्यक्ष सुवेदीमाथि फलामको रड प्रहार गर्न खोजेका थिए । सँगै रहेका अन्य व्यक्तिले गिरीको हात समातेपछि रड टाउकोमा लाग्नबाट जोगिएको थियो ।

यस घटनालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  निन्दनीय भनेका छन् । आचार्यले लेखेका छन्, “...पोखरा–२१ मा सार्वजनिक जमिनमा अतिक्रमण गरी संरचना बनाएको खबरपश्चात् सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै नगर प्रहरी, वडाध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण हुनु निन्दनीय छ । यस गलत कामविरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ । यस्ता घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गर्छन् ।”

आचार्यले सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा सक्रिय सहभागिता जनाउन आह्वान पनि गरेका थिए ।

आक्रमण गर्ने गिरीविरुद्ध वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro