site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– गाँजाखेती अघि बढाउन के आपत्ति ? 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गाँजाखेती अघि बढाउन केमा आपत्ति भन्दै प्रश्न गरेका छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा उनले संसारका धेरै देशमा गाँजाखेती थालिएको बताए ।

“गाँजाखेती संसारमा धेरै देशले सुरु गरिसके । अमेरिकाको कोलोराडोमा सबैभन्दा पहिले सुरुआत भयो । त्यहाँको स्थितिलाई हेरेर अन्य राज्यले पनि गाँजाखेती खुला गरे, कानुनी मान्यता दिन सुरु गरे, ” उनले भने ।

उनले थपे, “त्यहाँको अर्थतन्त्रको प्रभावलाई हेरेर हामीले पनि गाँजाखेतीलाई अघि बढाउन के आपत्ति रह्यो मैले बुझेको छैन ।”

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्