खेल

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै वाग्मतीले पहिलो जित दर्ता गरेको हो । २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६६ रनको योगफल तयार गरेको थियो । वाग्मतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १८:४४
प्रतिक्रिया दिनुहोस्