site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदी व्यवसायी मर्कामा परे, अध्ययन गर्न उपसमिति बनाऔँ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले अनौपचारिकरूपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले उनीहरूलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"करको दायरामा सबै आउनुपर्छ । अर्थ समितिले कहाँकहाँ अनौपचारिक कारोबार भइरहेको छ, त्यो ठाउँमा सरकार, सरकारका निकायहरूले कडाइ गर्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ । सम्पत्ति शुद्धीकरण गर्ने कुरा नराम्रो कुरा हो," उनले भने ।

नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेको बताउँदै उनले सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे । अवैध कारोबार रोक्न करका दरलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने उनको भनाइ छ ।

"यो अव्यवहारिक भयो, जसले छिमेकी बजारसम्म, छिमेकी देशका बजारसँग हाम्रो मिलेन र अवैध कारोबार हुने भयो । यो अवैध कारोबार रोक्न हामीले हाम्रो करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर हेर्नुपर्छ, त्यसलाई व्यवहारिक बनाउनुपर्छ । वैज्ञानिक बनाउनुपर्छ," उनले भने ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्