site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलेर स्वदेश फर्किएको छ । आइतबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । 

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका चारमध्ये तीन खेलमा नेपाल विजयी भएको थियो । त्यस्तै, लिग टु अन्तर्गतको सिरिजपश्चात भएको टी ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो । स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इन्डिजसँग टी ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ । 

नवनियुक्त प्रशिक्षक स्टुवर्ट ल को नेतृत्वमा स्कटल्यान्ड गएको उक्त टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल थिए । पछि, श्रृंखलाको अभ्यास खेलमा सोमपाल कामीको औँलामा चोट लागेपछि उनको स्थानमा नन्दन यादवले टोलीमा स्थान बनाएका थिए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्