
काठमाडौं । इंग्ल्यान्ड तथा स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर जुड बेलिंगमले क्लब विश्वकपछि काँधको शल्यक्रिया गर्ने जनाएका छन् । आइतबार क्लब विश्वकपअन्तर्गत पाचुकासँगको खेलपछि बेलिंगमले आफ्नो काँधको शल्यक्रिया गर्ने बताएका हुन् ।
“म धेरै कठिन अवस्थामा पुगिसकेको छु । म यो प्रतियोगितापछि शल्यक्रिया गर्ने निर्णयमा पुगेको छु,” सञ्चारकर्मीसँग बेलिंगमले भने, “मलाई यो समस्या भएको लामो समय भइसक्यो । म अहिले सहन सक्ने अवस्थामा छैन । तर, फिजियो र डाक्टरहरू अनुभवी छन् । उनीहरूले मलाई सहज महसुस गराएका छन् ।”
यस सिजनको सुरुवातदेखि नै जमर्न क्लब बोरुसिया डर्टमन्डबाट रियालमा अनुबन्ध भएका उनी अधिकांश खेलमा काँधमा ब्यान्डेज बाँधेर खेलेका थिए ।
चोटका बाबजुद रियालमा उनको प्रदर्शन कम भएको छैन । उनले अनुबन्ध भएको सिजनमा टोलीलाई स्पेनिस कप ला लिगा र च्याम्पियन लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
सोमबार उनको टोलीले पाचुकाविरुद्ध ३–१ को सहज जित निकालेको थियो । जसमा उनले एक गोल गरेका थिए ।