
काठमाडौं । काइयी नेपालले ‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ को भव्य सुरुवात गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीसाधनमा आकर्षक अफर र उपहारसहितको यो भव्य मेला २०८२ वैशाख २६ गतेदेखि २८ गतेसम्म थापाथलीस्थित काइयी सोरुममा आयोजना हुनेछ ।
ग्राहकले आफ्नो पुरानो कुनै पनि ब्रान्डको सवारी साधन ल्याई तुरुन्तै मूल्यांकन गराउन सक्नेछन् । मूल्यांकन गराउने प्रत्येक ग्राहकलाई क्यूएफएक्स चलचित्र हेर्न दुईजनाको निःशुल्क टिकट दिइने कम्पनीले जनाएको छ ।
छानिएका विद्युतीय मोडलमा नगद छुट, बिमा सेवा, सडक कर निःशुल्क र विशेष एक्सचेन्ज बोनस प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
सफा, स्मार्ट र आधुनिक विद्युतीय सवारीतर्फ उपभोक्ताको ध्यान केन्द्रित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
काइयी नेपालले सस्तो, सहज र रमाइलो वातावरणमा ग्राहकलाई नयाँ सवारी किन्न उत्साहित गर्ने कम्पनीले जनाएको छ ।