site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँबस्तीलाई पराजित गर्दै टुसाल रेलिगेसनबाट उक्लियो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युथ क्लबलाई २–१ ले पराजित गर्दै श्री टुसाल युवा क्लब रेलिगेसन जोनबाट उक्लेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा टुसालको जितमा दिपेश लिम्बू र बिनोद नेम्वाङले गोल गरे । नयाँबस्तीका श्रीकृष्ण तामाङले टोलीका निम्ति एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

दिपेशले २१औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । ५२औँ मिनेटमा नयाँबस्तीकाले श्रीकृष्ण तामाङको गोलमा पुनरागमन गर्‍यो । उनले पेनाल्टी अवसरलाई गोलमा परिणत गरे । टुसालका विनोद नेम्वाङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै रेलिगेसन जोनमा रहेको टुसाल ११औँ स्थानमा उक्लेको छ । टुसाल कुल १० खेलमा दुई जित, चार बराबरी र तीन हारबाट नौ अंक बटुल्दै ११औँ स्थानमा उक्लेको हो । हारसँगै नयाँबस्ती भने एकस्थान झरेको छ । नयाँबस्ती छैटौँ हार खेप्दै दुई जित, दुई बराबरी र ६ हारसहित १२औँ स्थानमा झरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro