
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि सुरु भएको छ । उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि स्वर्गीय नेपालले मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरूबीच छलफल भएको थियो ।
तर, नेता नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलीका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो ।
कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलीका लागि नराख्ने कुरा भएको एमालेका एक नेताले जानकारी दिए ।
नेपाललाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णयअनुसार सशस्त्र प्रहरीको एक टुकडी तैनाथ छ ।