अर्थ व्यवसाय
काठमाडौं । भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिय विमान अवतरणमा समस्या भएको छ । पछिल्लो एक घण्टादेखि नेपाली आकाशमा विदेशी विमानहरूले फन्को मारिरहेका छन् । एयर इन्डियाको जहाज करिब आधा घण्टा होल्ड भएपछि अवतरण गर्न सफल भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
एयर इन्डियाको जहाज भर्खरै अवतरण गर्न सफल भएको छ । यस्तै, एयर चाइना, एयर अरेबियाको जहाज अवतरण गर्न सकेका छैनन् । डोमेस्टिक जहाज उडान र अवतरणमा भने समस्या नरहेको निरौलाले जानकारी दिए । विगत केही दिनदेखि काठमाडौंको आकाशको भिजिबिलिटी कम हुँदा विमान उडान र अवतरणमा समस्या हुने गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १६:०६
प्रतिक्रिया दिनुहोस्