अर्थ व्यवसाय

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४.७४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्