site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तोसिमा कार्कीले जितिन् मुद्दा, सांसद पद कायम रहने
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको रिटलाई जारी गरिदिएको हो ।

निर्वाचन आयोगले ०७९ कात्तिक १२ मा नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो ।

आयोगको निर्णयविरुद्ध ०७० कात्तिक १४ मा उनी सर्वोच्च पुगेकी थिइन् । उनको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएका थिए । सर्वोच्चको अन्तरिम आदेशपछि उनको उमेदवारीले निरन्तरता पाएको थियो । रास्वपाबाट चुनाव लडेकी कार्की ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro