site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक लाख नक्कली लाइसेन्स प्रकरणको छानबिन अलपत्र, मुछिएका पूर्वमहानिर्देशकलाई चैन
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागको अध्ययनबाट नक्कली आशंका गरिएका एक लाख दुई हजारथान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छानबिन एवं कारबाही प्रक्रिया अलपत्र परेको छ ।

करिब ७३ हजार ५०० शंकास्पद लाइसेन्स वितरण गरिएको तथ्यांक विभागले सार्वजनिक गरेको थियो । २९ हजार १०० लाइसेन्स नम्बर नक्कली बनाएर बिक्री गर्न सकिने अवस्था राखिएको अध्ययनका क्रममा देखिएको थियो ।

०८० साल मंसिरमा यो विषय छानबिनका निम्ति विभागले तत्कालीन प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले विभागका तत्कालीन महानिर्देशक उद्धवप्रसाद रिजाललाई उक्त अध्ययन प्रतिवेदन बुझाएको थियो ।

०७२ मंसिरदेखि विद्युतीय सवारीचालक अनुमतिपत्र (ईडीएल) प्रणाली सञ्चालनमा ल्याइएको थियो । त्यसबीचका १० महानिर्देशकका पालामा ६६ हजार फर्जी लाइसेन्स वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसबारे त्यति बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो । करिब एक वर्ष बितिसक्दा समेत यो विषय टुंगोमा पुगेको छैन ।

अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

सम्बन्धि यातायात व्यवस्था कार्यालयले फर्जी लाइसेन्सका विषयमा कारबाही गर्न सक्ने विभागका एक अधिकारीले बाह्रखरीसित बताए । लाइसेन्स रद्द गर्ने अधिकार यातायात कार्यालय प्रमुखकै रहेको र यो विषयमा विभागले थप केही गर्न नसक्ने ती अधिकारीको भनाइ छ ।

नक्कली लाइसेन्स वितरणका बेला विभागको महानिर्देशक रहेका गोगनबहादुर हमाल हाल कैलालीको प्रमुख जिल्ला अधिकारी छन् । पूर्वमहानिर्देशकद्वय नारायणप्रसाद भट्टराई र डा. टोकराज पाण्डे गृह मन्त्रालयमा कार्यरत छन् ।

यस्तै, पूर्वमहानिर्देशक नवराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । केही अधिकारी अरू निकायमा त कोही सेवानिवृत्त समेत भइसकेका छन् ।

हजारौँ लाइसेन्स नक्कली बनाएर बिक्री गरेको विषयमा छानबिन र कारबाही भएको छैन । अर्कातिर सेवाग्राहीले समयमै लाइसेन्स पाउन सकेका छैनन् ।

२८ लाख बढी चालकलाई विभागले लाइसेन्स दिन बाँकी छ । यसको विकल्पमा प्रदेश सरकारले आफैँ छाप्ने र डिजिटल लाइसेन्सलाई मान्यता दिने व्यवस्था गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro