देश
संसद् क्यान्टिनको फल्स सिलिङबाट खसेर एकजना घाइते, मन्त्रीको गाडीमा अस्पताल लगियो

काठमाडौं । संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् ।
घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । उनको हातमा चोट लागेको बताइएको छ ।
अरू विवरण खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्