site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा हुने 'प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता'को ट्रफी अनावरण गरिएको छ । क्रिकेट खेलाडी उत्पादनको प्रमुख आधारको रूपमा रहेको आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा ट्रफी अनावरण गरिएको हो ।

प्रतियोगिता आजदेखि मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सुरु भएको छ । 

प्रतियोगिताको ट्रफी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले अनावरण गरेका हुन् ।

केन्द्रीय स्तरमा सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेश प्रहरी कार्यालय टिम र काठमाडौंको एक टिम गरी कुल आठ टिमको सहभागिता रहनेछ ।

नेपाल प्रहरीको इतिहासमा पहिलोपटक सञ्चालन हुन लागेको प्रतियोगिताले भविष्यमा संगठनभित्रबाटै स्तरीय खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

सोही अवसरमा नेपाल प्रहरी क्रिकेटको लागि ड्रिम प्रोजेक्टको रूपमा रहेको इन्डोर क्रिकेट ग्राउन्डको समेत उद्घाटन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro