site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीले सडक तताउनु आवश्यक छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।

सोमबार रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गर्नुभएको छ । यति हुँदा समेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन,” उनले भने ।

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राखे । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उनको भनाइ थियो  ।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro