site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविले भने– बोल्ने समय निकै नजिक आइसकेको छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका छन् । लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

“मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु,” लामिछानेले भने ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro