
काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगा २०२४–०२५ को आधिकारिक च्याम्पियन बनेको छ । आइतबार राति बायर लेभरकुजेन र फ्रेइबर्गले २–२ को बराबरी खेलेपछि बायर्न म्युनिख च्याम्पियन बनेको हो । साविक विजेता लेभरकुजेन दोस्रो स्थानमा छ ।
बायर्नले बुन्डेसलिगाको ३३औँ उपाधि जितेको हो । पछिल्ला १३ सिजनमा टोली १२ पटक च्याम्पियन बनेको छ ।
लन्डन क्लब टोटनहमबाट बायर्न आएका ह्यारी केनले आफ्नो करियरको पहिलो ठूलो उपाधि जितेका छन् । अघिल्लो सिजन टोलीले कमजोर प्रदर्शन गरेको थियो ।
प्रशिक्षक भिन्सेन्ट कम्पनीले पनि बायर्नमा पहिलो उपाधि जितेका छन् ।
शीर्ष स्थानमा आसीन बायर्नको ३२ खेलबाट ७६ अंक छ । दोस्रो स्थानको लेभरकुसेनको ६८ अंक छ । तेस्रो स्थानको फ्रान्कफर्टभन्दा लेभरकुसेन १३ अंकले अगाडि छ ।