site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लखनऊलाई हराउँदै पन्जाब दोस्रो स्थानमा उक्लियो 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सलाई पराजित गर्दै पन्जाब किंग्स दोस्रो स्थानमा उक्लिएको छ । आइतबार धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट रंगशालामा पन्जाबले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९९ रन मात्र बनाउन सक्यो ।

लखनऊका आयुष बाडोनीले सर्वाधिक ७४ रन बनाए । उनले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । अब्दुल सामदले ४५ रन जोडे । अविजित रहेका आबेस खानले १९, कप्तान ऋषभ पन्तले १८ र डेभिड मिलरले ११ रन बनाए ।

बलिङतर्फ पन्जाबका अर्सदीप सिंहले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १४ रन खर्चिए । अज्मतुल्लाह ओमरजाईले दुई र मार्काे जान्सेन र युभेन्द्र चहलले समान एक विकेट लिए ।

त्यसअघि, पन्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । उनले ४८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । कप्तान श्रेयस ऐयरले ४५ रनको योगदान गरे । जोस इंग्लिसले ३०, नेहाल वाधेराले १६ रन जोडे । अविजित रहेका शशंक सिंहले १५ र मार्कस स्टोइनिसले पाँच रन बनाए ।

लखनऊका आकाश सिंह र दिग्भेस राठीले समान दुई विकेट लिए । प्रिन्स यादवले एक विकेट लिए ।

जितसँगै पन्जाब ११ खेलबाट १५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । पन्जाबको क्वालिफार्यस सम्भावना बलियो बनेको छ । पराजित लखनऊ १० अंकका साथ सातौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro