site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आउट ल : दफा २१९’को ‘अन्धो कानुन’ले कसलाई गर्‍यो व्यंग्य ?

काठमाडौं । चलचित्र ‘आउट ल : दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि व्यंग्य गरेको छ । 
कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज उठाइएको छ । गीतले जनताको आवाज बोलेको छ ।

मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्‍याप र संगीत छ । गीतमा नितु पुनको पनि स्वर छ । 

गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेकोलगायत असन्तुष्टि छ । 

‘आउट ल : दफा २१९’ लाई विक्की महर्जनले निर्देशन गरेका छन् । अमित अग्रहरि र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दीर्घ धामीको पटकथा रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ । चलचित्र फागुनको २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro